NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलाथ्व द्वादशी - १२

परिचय

परिचयः-

यस पशु सेवा तालिम केन्द्र स्थापना हुनुभन्दा पूर्व नेपाल सरकार एशियाली विकास बैंक, यु.एन.डि.पी., युरोपियन युनियन, साझा बजार तथा अष्ट्रेलियन डेभलपमेन्ट व्युरोको वहुपक्षीय सहयोगबाट २०३७ साल भाद्र १३ गतेदेखि पशु विकास आयोजनाको श्रोत केन्द्रको स्थापना भएको थियो । उक्त आयोजनामा एक तालिम शाखा पनि थियो। आयोजना कार्यकाल २०४४ साल अषाढसम्म मात्रै भएकोले कार्यकाल समाप्त पश्चात श्रोत केन्द्रमा रहेको तालिम शाखालाई नेपाल सरकार, पशु विकास तथा पशु स्वाथ्य विभाग, केन्द्रिय तालिम तथा प्रसार केन्द्र अन्तर्गत रहेन गरी क्षेत्रीय तालिम केन्द्रको रुपमा नामाकरण गरियो । यस क्षेत्रीय तालिम केन्द्रको स्थापना भएपछि यसको कार्यक्षेत्र धनुषा, महोत्तरी, सर्लाही, वारा, पर्सा, रौतहट, सिन्धुली, मकवानपुर र चितवनगरी नौवाट जिल्ला रहेको थियो। उक्त नौ वटा जिल्लाका पशुपालक कृषक तथा पशु सेवासंग सम्बन्धित मध्यम स्तरीय पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी विभिन्न किसिमको तालिमहरु दिदै आएको थियो ।

वि.सं. २०४९ साल श्रावण ४ गते मन्त्रीपरिषदको निर्णयानुसार पशु सेवा विभाग लगायत कृषिसँग सम्बन्धीत अन्य चार विभागहरुलाई एकद्वार प्रणाली अन्तर्गत राखी कृषि विकास विभाग नामको एउटा विभाग खडा गरीयो, जस अनुसार क्षेत्रीय पशु सेवा तालिम केन्द्रलाई कृषि तालिम केन्द्रमा समाविष्ट गरी जनकपुरको श्रेत्रिय पशु सेवा तालिम केन्द्रलाई कृषि तालिम केन्द्र परवानीपुर, बारामा सारिएको थियो र यसको कार्यक्षेत्र मध्यमान्चल विकास क्षेत्रको १९ वटा जिल्लामा विस्तार हुन गयो ।

तत्पश्चात वि.स.२०५२ श्रावण १ गतेदेखि कृषि विकास विभागको संरचनामा पुनः परिवर्तन भै कृषि विभागवाट पशु सेवातर्फ छिटो छरितो किसिमले सेवा पुर्याउन अप्ठ्यारो भएपछि पशु सेवा विभागको छुट्टै स्थापना भई कार्यक्रमहरु सुचारुरुपले संचालन गर्न सो संरचना अनुसार क्षेत्रीय पशु सेवा तालिम केन्द्रको साविकको आफ्‌नै भवन जनकपुरमा नै पुनः आई कार्यक्रम संचालन गर्न थाल्यो । यसरी मध्यमाञ्चल विकास क्षेत्रका १९ वटा जिल्लाको पशुपालन कृषक तथा मध्यम स्तरीय प्राविधिक कर्मचारीहरुलाई पशु सेवा विभाग, पशु सेवा तालिम तथा प्रसार निर्देशनालयको नीति अनुरुपहाल मधेश प्रदेशका ८ वटा जिल्लाको पशुपालन कृषक तथा मध्यम स्तरीय प्राविधिक कर्मचारीहरुलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय मधेश प्रदेश, जनकपुरधामको नीति अनुरुप तालिम प्रदान गर्दै आएको छ ।