NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलाथ्व द्वादशी - १२

हाम्रो मिशन

लक्ष्य र दृष्टि

१. पशुपालन कृषकहरुलाई पशुपंछी सम्वन्धी विभिन्न तालिमहरुको माध्यमबाट नयाँ ज्ञान, शिप र प्रविधिको प्रयोगले पशुपालन व्यवसायलाई सक्षम वनाउनुको साथै व्यवसायिक पशुपालनको क्षेत्रमा रोजगारी बढाई आर्थिक स्तर उकासी गरिबी घटाउनमा सहयोग पुऱ्याउने । २. पशु सेवामा संलग्न मध्यमस्तरीय प्रविधिका जनशक्तिलाई नयाँ प्रविधिवारे समय सापेक्ष तालिम दिई क्रमिक रुपमा दक्ष जनशक्तिको विकास गर्ने । ३. सञ्चालित तालिमको सुपरिवेक्षण, अनुगमन एंव मूल्याकंन गरी तालिमलाई क्रमिक रुपमा सुधार गर्दै लैजाने । ४. विभिन्न सरकारी तथा गैर सरकारी क्षेत्रसंग पशु सेवा सम्बन्धि तालिमहरुको समन्वय गरी संचालन गर्ने ५. पशुजन्य उत्पादन बढाउन विभिन्न शीपमूलक तालिमहरु संचालन गर्ने । ६. विभिन्न गरिब, जनजाती, महिला, दलितबर्गलाई पशु पालन पेशामा पहुँच वा संलग्न हुन प्रेरणा दिने ।